नेपालले उपाधिका लागि ओमानसँग खेल्ने
काठमाडाैं | कात्तिक १७, २०८०
काठमाडौं: नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट उपाधिको लागि ओमानसँग खेल्ने भएको छ । नेपाल र ओमानबीचको फाइनल खेल आइतबार टियु क्रिकेट मैदानमा बिहान–११ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै टी-२० विश्वकपमा स्थान बनाएको छ । ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा पुगेको हो ।
नेपाल र ओमान दुबैले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि-२० विश्वकप खेल्नेछन् । नेपाल र ओमान समूह ए बाट सेमिफाइनल खेलेका थिए । समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।
नेपालले हालसम्म विश्वकप छनोटको उपाधि जितेको छैन । यसअघि नेपालले २०१८ मा एसिसी इस्टर्न सब रिजन टुनामेन्टको उपाधि जितेको थियो । नेपालले पहिलो पटक २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको थियो ।
त्यसपछि नेपालले विश्वकपमा स्थान बनाउन सकेको थिएन । नेपाल २०१५ र २०२१ मा ग्लोबल छनोटबाट बाहिरिएको थियो । २०१९ मा भने नेपाल एसिया क्षेत्रबाट नै बाहिरिएको थियो ।
आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

